काठमाडौ साउन ५
ग्रेट वाट मोर्टसले तीन वटा नयाँ मोडलहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्रेट वाल मोटर्स (जिडब्लुएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको हो । बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो ।
भी.जी.इम्पेक्सले ग्रेट वाल मोटर्ससँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने कम्पनीको जनाएको छ । कम्पनीले थर्ड जेनेरेसन हाभल एच६, हाभल जोलिअन र पिओर पिक–अप नेपालमा सार्वजानिक जानकारी दिएको छ ।
थर्ड जेनेरेसन हाभल एच ६
यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । यसको २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाट शक्ति र ३२० एन.एम टोर्क डिसप्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ । यसको हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्ने कम्पनीको दाबी छ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता र मजबुती प्रदान गर्दछ ।
यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि ागलअतष्यलब िस्टेरिंग, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, तार रहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठ वटा एअर व्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, एचएचसी (हिल होल्ड कन्ट्रोल) एविएस प्लस ईविडि सुविधा र एन्टी–कोलिजन संयन्त्र एससिएम (सेकेण्ड कोलिजन संयन्त्र) र एफसिएम (फर्वार्ड कोलिजन संयन्त्र) ले दुर्घटनाको सम्भवानालाई घटाउँछ ।
ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एलटु स्तरको अटोमेटिक एसिसिड्राईभको आनन्द पनि दिने कम्पनीको भनाई छ । यसको ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभुति दिनेछ । गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा शान्दार सवारीमा विराजमान छु भन्ने अनुभुति गराउँदछ । कम्पनीको अनुसार यसको प्रारम्भिक मूल्य ९६ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् ।
हाभल जोलिअन
यो मोडेल पनि तीनवटा संस्करणमा रहेको छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एन.एम टोर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु¥याउने कम्पनिको दावी रहेको छ । चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले यसलाई अर्कै खाले स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ ।
यस बाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टीरिंग र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस बाहेक एविएस, एचएचसि÷एचडिसि(हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), ड्राईभर ड्रावजीनेस डिटेक्सन र ईवेन्ट डाटा रिकोडर र एन्टी–कोलिजन संयन्त्र एससिएम (सेकेण्ड कोलिजन संयन्त्र) ले समयानुसार कन्ट्रोल गरेर जोखिम न्युनिकरण गर्दछ । टच स्क्रीन, अगाडि एलईडी लाइटिङ्ग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । यो गाडी पाँच वटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध रहेको छ । साथै यसको प्रारम्भिक मूल्य ५५ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
पिओर पिक–अप
यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । यसको १२० किलोवाट शक्ति र ४०० एन.एम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ । बढी ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ । ८४ प्रतिशत उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । सनरुफ पनि पिक–अप गाडीमा पहिलो पटक यसमा रहने छ ।
यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । छ तरिकाले मिलाउन मिल्ने ड्राईभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस अतिरिक्त एविएस, एचएचसी/एचडिसी (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थीरता प्रदान गर्दछ । यसमा भएको स्पीड वार्निंग सिस्टमले गति माथि नियन्त्रण गर्न मद्धत गर्छ । ९ इन्चको टच स्क्रीन र एन्रोईड सपोर्टले राम्रो अनुभव दिनेछ । अगाडि एलईडि लाईटिंग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई रमाइलो बनाउने कम्पनीको दाबी छ । यस गाडीको प्रारम्भिक मूल्य ६४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।