आधारभूमि संवाददाता
काठमाडौँ, ५ साउन
कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालनका लागि सिसिएमसिले अनुमति दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन २२ गते बाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेसँगै सिसिएमसिले अनुमति दिएको हो ।
सिसिएमसिले सर्त सहित परीक्षा सञ्चालन गर्न अनुमति दिएपनि मन्त्रीपरिषदको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि मात्र बोर्डले परीक्षाको तयारी थाल्नेछ ।
परीक्षा नियन्त्रक कृष्ण शर्माले भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजनामा रहेकोले स्वस्थ्य मापदण्ड पालना र सामाजिक दुरी कायमगर्दे विद्यार्थीलाई सहज हुने र घरबाट नजिक पर्ने गरी परीक्षा दिने व्यावस्था मिलाउन सकिने बताए ।
परीक्षा सञ्चालन गर्ने भन्ने निधो भएसँगै परीक्षा सेन्टरका बारेमा समेत निर्णय हुने बोडले जनाएको छ । यो वर्ष करिब ३ लाख ४० हजार विद्यार्थीहरु कक्षा १२ को परीक्षा सञ्चालनको पर्खाइमा रहेका छन् ।