neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ४४५ जनामा कोरोना सङ्क्रमण, १२५८ जना डिस्चार्ज, ३२ को मृत्यु

थप २ हजार ४४५ जनामा कोरोना सङ्क्रमण, १२५८ जना डिस्चार्ज, ३२ को मृत्यु

Jul 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ४ साउन

सोमबार थप २ हजार ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ६६४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ६८ हजार ७५१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६६४ जनाको परीक्षण भएको छ । हालसम्म ३४ लाख ७७ हजार ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १२५८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२५८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ३३ हजार ३३२ पुगेको छ ।

थप ३२ को मृत्यु

पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ।