neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चोरीको २ वटा मोटरसाईकलसहित एक जना पक्राउ

चोरीको २ वटा मोटरसाईकलसहित एक जना पक्राउ

Jul 19th, 2021

काठमाडौ, साउन ४

पेशेवर रूपमै मोटरसाईकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाईकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई बिना साँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका – ७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

उक्त मोटरसाइकल हिजो आईतबार विहान ८ः३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनि बैदेश्वर गाउँपालिका–३, दोलखा घर भएका कृष्ण कार्कीले यस महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो ३ः०० बजे नै उक्त मोटरसाईकल सहित एक जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताउनुभयो ।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यहि जेष्ठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनि गोदावारी न.पा. – ६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ । पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi