neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मैत्रीपूर्ण खेलमा युनाईटेडको जित

Jul 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ४

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।आइतबार भएको खेलमा युनाईटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टी
लाई २-१ गोलले पराजित गरेको हो ।

प्राइड पार्क स्टेडियममा भएको खेलमा युनाईटेडलाई जित दिलाउन ताहिथ चोङ र फकुन्डो पेलीस्ट्रीले एक-एक गोल गरे । डर्बी काउन्टीका कोलिन काजिम-रिचर्ड्सले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो। खेलको १८ औँ मिनेटमा ताहिथ चोङले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५९ औं मिनेटमा फकुन्डो पेलीस्ट्रीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ७० औँ मिनेटमा डर्बी काउन्टीका कोलिन काजिम-रिचर्ड्सले एक गोल फर्काएका थिए।

त्यसपछि कुनै गोल हुन सकेन र युनाईटेडले जित निकालेको हो ।

युनाईटेड र डर्बी काउन्टीले प्रि-सिजनको तयारीको लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi