neapl investment mega bank
  • गृहपृष्ठ
  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

Jul 18th, 2021

काठमाडौँ, ३ साउन /रासस

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन २ गतेको निर्णय एवं सिफारिस नेपालको संविधानको धारा ११४ को उपधारा (२0 को खण्ड (ख) बमोजिम उक्त अध्यादेश खारेज गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज भएको उल्लेख छ ।