neapl investment mega bank

एकैदिन ९७ अंकले बढ्यो नेप्से

Jul 18th, 2021

काठमाडौ, साउन ३

नेप्से एकै दिन ९७ अंकले बढेको छ । चालुु आर्थिक बर्षको पहिलो कारोवार दिन आज आईतबार नेप्से ९७ दसमलव १३ अंकले बढेर २९ सय ८० दसमलव ५३ अंकमा पुुगेको छ भने सेन्सिटिभ १९ दसमलव ५६ अंकले बढेर पाँच सय ६० दसमलव ९६ अंकमा चढेको छ । दुुई सय २१ वटा कम्पनीहरुको एक लाख १६ हजार दुुई सय ९४ पटकको कारोवारमा दुुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ९२ दसमलव ५८ अंकले बढेर दुुई हजार ५७ दसमलव ३८ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ४५ दसमलव पाँच अंकले बढेर दुुई हजार नौ सय ३८ दसमलव ३१ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईबिएल समृद्धि फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज मञ्जुश्री फाईनान्स लिमिटेड परेको छ ।