neapl investment mega bank
  • गृहपृष्ठ
  • समृद्धि र समानताको लागि राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ : अध्यक्ष थापा

समृद्धि र समानताको लागि राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ : अध्यक्ष थापा

Jul 18th, 2021

काठमाडौं ३ असार

राप्रपाका अध्यक्ष कमल थापाले निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार भएको बताएका छन् ।
उनले ट्वीट गर्दै अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्ने भनेका छन् । साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन भन्ने उनले ठोकुवापनि गरेका छन्।

अध्यक्ष थापाको ट्वीटः साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन। अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्छ।
निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो