neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा आर्सनल बराबरीमा रोकियो

मैत्रीपूर्ण खेलमा आर्सनल बराबरीमा रोकियो

Jul 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३

आर्सनलले मैत्रीपूर्ण खेलमा रेन्जर्स एफसीसँग बराबरी खेलेको छ ।शनिबार राति सम्पन्न खेलमा आर्सनलले रेन्जर्स एफसीसँग २–२ गोलको बराबरी खेलेको हो ।

आइब्रोक्स स्टेडियममा भएको खेलमा आर्सनलको लागि नुनो तावरस र एडी एनकेटीयाले एक-एक गोल गरे भने रेन्जर्सको लागि लियोन बालोगुन र सेड्रिक ईटनले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने रेन्जर्सले लिएको थियो। खेलको १४ औँ मिनेटमा लियोन बालोगुनले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको २३ औं मिनेटमा आर्सनलका नुनो तावरसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ७५ औँ मिनेटमा रेन्जर्सका सेड्रिक ईटनले गोल गर्दे टोलीलाई २-१ को अग्रता दिलाए।

तर, खेलको ८३ औं मिनेटमा आर्सनलका एडी एनकेटीयाले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

आर्सनल र रेन्जर्सले प्रि-सिजनको तयारीको लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi