neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • १३ देखि १९ बर्षका किशोर किशोरीहरुलाई राष्ट्रिय सम्मान

१३ देखि १९ बर्षका किशोर किशोरीहरुलाई राष्ट्रिय सम्मान

Jul 14th, 2021

काठमाडौ, असार ३०

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो, सातौं संस्करणको आवेदन खुलेसगै नेपाल भरिमा किशोरकिशोरिहरुले आफ्नो समाज रुपान्तरनको कामलाई थप प्रोत्साहित गर्ने उर्जा पाएका छन।

अहिले आवेदन खुल्ला भएको र यसै अनुरुप आयोजक नेपाल भरिमा बिभिन्न स्कुलहरुमा अन्लाईन मार्फत अभिमुखिकरनसन्चालन गरिरहेका छन। नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेका ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको उर्जा देख्दा थप प्रोत्साहित भएको अनुभव गर्छन्। वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

जेन २०२१ नामक ग्लोकल टीन हिरोलेएक वेबिनार श्रृंखला प्रारम्भ गरेको छ जसमार्फतकिशोर किशोरीहरूले विस्तृत दृष्टिकोण एवम् विभिन्न सामाजिक मुद्दाहरूको बारेमा सिक्न पाउने छन।सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडीजीहरूमा काम गरिरहेका किशोर–किशोरीहरूले विभिन्न देशका विशेषज्ञहरूसँग सिक्ने र उनीहरूसँग नेटवर्किंगगर्ने अवसर पाउने छन् र उनीहरूको कामका क्षेत्रमा थप प्रोत्साहनका साथ अगाडि लैजान मार्गनिर्देशन प्राप्त गर्नेछन।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुलेwww.nepal.glocalteenhero.comमार्फत निशुल्क आबेदन भर्न सक्ने छन ।

के छ योग्यता ?
. १३ – १९ बर्षको किशोरकिशोरी
. नेपाली नागरिक
. समाजमा सकारात्मक प्रभाब पार्ने केही राम्रो काम गरेको ।

किन वाई वाई ग्लोकल टिन हिरोमा आवेदन दिने ?
. तपाईंको उल्लेखनिय कार्य र रचनात्मकता सम्भाव्य प्रदर्शन गर्न ।
. राष्ट्रिय मान्यता प्राप्त गर्न ।
. समाज तथा राष्ट्रमा सकरात्मक प्रभाव ल्याउन ।
. अन्य किशोर किशोरीहरूलाई प्रेरणा दिन ।
. आफ्नो कार्यलाई थप उर्जा दिन ।
. राष्ट्रभरबाट प्रेरणादायक किशोर किशोरीहरुसंग जोडिन ।
. बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरु पाउन ।
अन्लाईन आवेदन जुलाई ३० सम्म ग्लोकल टिन हिरोको अधिकारिक वेबसाईटमा गएर भर्न सक्नेछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi