neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पाटे बाघको छाला सहित २ जना पक्राउ

Jul 14th, 2021

कैलाली, असार ३०

गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सडकबाट १० फिट लम्बाई र ६ फिट ७ ईन्च चौडाई भएको पाटे बाघको १ थान छाला सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोहन्याल गाउँपालिका–५ सालघारी बस्ने ५२ वर्षीय पुर्ण बहादुर बुढामगर र लम्किचुहा नगरपालिका–१ लम्की बसपार्क बस्ने ३० वर्षीय लोक बहादुर सिजापती (मगर) रहेका छन् । गौरीगंगा नगरपालिका–७ मटकौनामा पाटे बाघको छालाको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले प्लास्टिकको कट्टामा बोकी हिँडिरहेको अवस्थामा छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi