neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • संरक्षित वन्यजन्तु कस्तुरीको विना सहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु कस्तुरीको विना सहित २ जना पक्राउ

Jul 13th, 2021

काठमाडौं, असार २९

ललितपुर गोदावरी नगरपालिका–१४ ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने २५ ग्राम तौल भएको १ थान आखेटोपहार सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय लाल बहादुर घलान र झापा गौरीगंज गाउँपालिका–३ बस्ने ३५ वर्षीय उदय कुमार कोइराला रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi