neapl investment mega bank
  • गृहपृष्ठ
  • मंगलबार थप २ हजार ३९८ जनामा कोरोना सङ्क्रमण, २०७८ जना डिस्चार्ज, १२ को मृत्यु

मंगलबार थप २ हजार ३९८ जनामा कोरोना सङ्क्रमण, २०७८ जना डिस्चार्ज, १२ को मृत्यु

Jul 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २९ असार

मंगलबार थप २ हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार १२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ५८ हजार ७७८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार १२ जनाको परीक्षण भएको छ । हालसम्म ३४ लाख ३० हजार २२२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २०७८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २०७८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख २३ हजार १०५ पुगेको छ ।

थप १२ को मृत्यु

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ४१२ पुगेको छ।