neapl investment mega bank
  • गृहपृष्ठ
  • गोर्खा इको प्यानल र पूर्व मिस नेपाल खतिवडाबीचको सहकार्यले पायो निरन्तरता

गोर्खा इको प्यानल र पूर्व मिस नेपाल खतिवडाबीचको सहकार्यले पायो निरन्तरता

Jul 13th, 2021

काठमाडौ, असार २९

गोर्खा इको प्यानलको उत्पादक इन्टरनेशनल ग्रीन डेभलोपर्स नेपाल प्रालिले गोर्खा इको प्यानलको प्रवद्र्धन गर्न श्रृखला खतिवडासँग गर्दै आएको सहकार्यलाई फेरि निरन्तरता दिएको छ । गोर्खा इको प्यानल एक हलुका इन्टरलकिंग प्रिफेब्रिकेटेड स्याण्डविच प्यानल हो ।

अन्य निर्माण सामाग्रीहरुको तुलनामा यसको उल्लेख्य विशेषताहरुका कारण परिचित छ । यसले इन्सुलेसन, वातावरणीय सुरक्षा एवं ऊर्जा संरक्षण जस्ता फाइदाहरु प्रदान गर्दछ । यसैगरी गोर्खा इको प्यानल निर्माणका लागि लागतका हिसाबले समेत उपयुक्त छ ।

कम्पनीले पूर्व मिस नेपाल २०१८ श्रृखला खतिवडासँग जुन सहकार्य गरेको छ त्यो सान्दर्भिक पनि छ किनकि श्रृखला स्वयम् पनि एक आर्किटेक्ट हुन् । यसका साथै उनी वातावरणमैत्री आवासीय भवनहरुको पक्षधरको रुपमा परिचित छिन् भनें उनका कार्यहरुले पनि दिगो निर्माणको प्रवद्र्धनलाई बढावा दिंदै आइरहेको, जसले वातावरण प्रति न्यून असर पार्दै आएको छ ।

हिजोआज मानिसहरुको ध्यान वातावरणीय प्रभावलाई दूरगामी असर पार्ने जस्ता उत्पादनहरु प्रयोग तथा खरीद गर्ने सन्दर्भमा धेरै नै सचेत हुन थालेका छन् । यसैले गोर्खा इको प्यानलले एक उत्तम विकल्प प्रदान गरेको छ । यसका अतिरिक्त यी प्यानलहरु प्रयोग गर्न सकिने हुनाको साथै वर्तमान समयमा बदलिरहेको मानवीय शैली र चाहनासँग समेत मेल खाने किसिमका छन् ।