neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीद्धारा वीर अस्पतालको नवनिर्मित सर्जिकल वार्ड भवनको समुद्घाटन

प्रधानमन्त्री ओलीद्धारा वीर अस्पतालको नवनिर्मित सर्जिकल वार्ड भवनको समुद्घाटन

Jul 11th, 2021

काठमाडौं, असार २७

प्रधानमन्त्री केपीशर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताएकाछन । वीर अस्पतालको नवनिर्मित सल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले हिजो मात्र खोपको थप मात्रा प्राप्त भएको, भोलि समेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको बताए । ‘कोभिड विरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेछौं यसरी लगभग सन् २०२१ भित्र मोटामोटी सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं’, उनले भने ।

यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्क लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड १९ समाप्त नभएसम्मजारी राख्नुपर्ने उनले बताए । सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने भनाई पनि उनको भनाई थियो । यस्तो उपचार जनताको जनताको क्रयशक्ति भित्रकै रहोस् र खर्चिलो उपचार सेवा समेत बिमाले समेटदै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको पनि उनले बताए ।

नेपाली भूमिज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्सा शास्त्र, शल्यक्रिया जस्ता विषयको ज्ञान यही प्रादुर्भाव भएको पनि उनले बताए । ‘हाम्रा पुर्वज अन्धविश्वासी थिएनन् अनुसन्धान गरेको आधारमा विभिन्न जडिबुटिका औषधीय गुणका साथै दुई हजार वर्षअघि श्रूसुत संहिता चरक संहिता निस्किसकेका थिए । ‘यस्तो शिक्षालाई शाशकले अघि नबढाएकाकारण शिक्षा निषेध हुनथालेपछि त्यो ज्ञानको प्रसार हुन पाएन परिवारमा सिमित भयो’ उनको भनाई थियो । अब नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दाे भएको बताउदै आफ्नै अनुभवमा विदेशको तुलनामा भन्दा नेपालको उपचार धेरै सजिलो महशुस गरेको समेत प्रधानमन्त्रीले बताए ।

नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै उनले दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले पनि थप उर्जा दिने उनले बताए । नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको समेत प्रधानमन्त्रीले उल्लेख गरे ।

अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी विरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै प्रधानमन्त्रीले विरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिने कुुरालाई चरितार्थ गरिनुपर्ने बताए । अस्पताललाई अबिलम्बपूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्कृय बनाउने काम गर्नु नहुने भनाई पनि प्रधानमन्त्रीको थियो ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ सालफागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समय भन्दा अगाडिनै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताए । सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शैया थपिएको बताउँदै अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको बताए । अस्पतालपूर्ण क्षमतामा संचालन हुँदा दुई सय वटा सघन उपचार कक्ष र एक सय वटा डायलायसिस सेवा दिने सैया बन्ने तथा छुटै जेष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी पनि दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi