neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सडक धरापका कारण हैरान भए चांगाथली–कृष्ण मन्दिर, लुभु, सिरुटारवासीहरु

सडक धरापका कारण हैरान भए चांगाथली–कृष्ण मन्दिर, लुभु, सिरुटारवासीहरु

Jul 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २७

ललितपुकोे महालक्ष्मी नगरपालिका चांगाथली, लुभू, कृष्ण मन्दिर जाने र भक्तपुरको सिरुटार सम्म आउने बाटोको सडकमा धेरै खाल्डा खुल्डी र हालसालै निर्माण भएको पुल र सडकको माटोको भागमा माटो फिलिङ्ग राम्रो नहुँदा र स्थानीय सरकारले पुल ठेक्का लगाउँदा ध्यान नपुगेका कारण सिरुटार लूभू र चाँगाथली, कृष्ण मन्दिर ग्वार्को जाने सवारी आवागमन ठप्प जस्तै भएको छ । यस विषयमा महालक्ष्मी नगरपालिका वडा नं. ७ वडा अध्यक्षलाई महिनौं देखि सम्पर्क गर्दा बन्द भए होस् भन्ने बजेट छैन भन्ने गरेको पाइएको छ ।

महालक्ष्मी नगरपालिकाका सूचना अधिकारीले सन्तोष पोखरेलले एक महिना अगाडी नै सो बाटो सम्बोधन भएको जानकारी गराएका थिए । बाटो र पूलको सतह नमिलेको कारण आम सवारी चलाउने यात्रुहरुलाई चाँगाथली कृष्ण मन्दिर हुदै सिरुटार सम्म जादा सो बाटो प्रयोग गर्दा सवारी गुडाउँदा सवारी दुर्घटना हुने बढी सम्भावना हुने हुँदा सो बाटोको सट्टा लूभू पुल र बालकुमारी – बालकोट रोड प्रयोग गर्नु भए यात्रा सहज हुने स्थानीय सवारी चालक सन्तोष कोइराला बताउँ छन् । दैनिक ५० औं गाडी धकेल्न सहयोग गर्नुपरेको कोइरालाले बताए । महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजकुमार सिल्वालका संग बुझ्दा यस विषयमा नगरपालिका संग छलफल भैरहेकोे बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi