neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

Jul 11th, 2021

काठमाडौ, असार २७

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । माराकाना स्टेडियममा आइतबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै २८ वर्षपछि  कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एन्जिल डि मारियाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । डि मारियाले खेलको २२ औं मिनेटमा रोड्रिगो डी पाउलको पासमा सो गोल गरेका हुन् ।

जितसंगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । यस अघि अर्जेन्टिनाले सन् १९९३ मा मेक्सिकोलाई पराजित  गर्दै कोपा अमेरिका फुटबलको उपाधि जितेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi