neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबिको ग्राहकहरुलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यास ब्याक

एनएमबिको ग्राहकहरुलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यास ब्याक

Jul 9th, 2021

काठमाडौ, असार २५

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । एनएमबि बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिसत वा पाँच सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।