neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली महिलालाई कम्बोडिया लगि बेचविखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

नेपाली महिलालाई कम्बोडिया लगि बेचविखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

Jul 8th, 2021

काठमाडौं, २४ असार

नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगि बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३७ वर्षीय किसान राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पीडितसँग फेसबुकबाट चिनजान गरी कन्स्ट्रक्सन तथा व्यापारको काममा ग्यारेन्टी रोजगार हुनेगरी ४ लाख ५० हजार रुपैयाँ भिषा खर्चमा कम्बोडिया पठाइदिन्छु भनी खाने बस्ने खर्च बाहेक नगद १ लाख रुपैयाँ मासिक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी पीडितसँग नगद ४ लाख ५० हजार रुपैयाँ लिई भारत, म्यानमार, थाइल्याण्ड हुदै कम्बोडिया लगेर चिनियाँ नागरिकहरु बस्ने गरेको घरमा खाना बनाउने र घर सफा गर्ने भनी लगि झुक्याएर यौन दाशीको रुपमा काम गर्ने गरी पीडितलाई बेचबिखन गरेको भन्ने जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

साथै अभियुक्त राई समेतले अन्य ४५ जना नेपाली महिला तथा पुरुषलाई विभिन्न बाटो हुँदै अवैध रुपमा कम्बोडिया लगि अलपत्र पारेको सम्बन्धमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा समेत मुद्दा दर्ता भएको खुल्न आएको छ ।

राई उपर जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi