neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

Jul 8th, 2021

काठमाडौ, असार २४

एभरेस्ट बैंकले २०७६ जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसकारुपमा रहेका कीर्तिमानी आरोही मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको छ ।
बैकको आज बिहिबार केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रमकाबीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाई हस्तान्तरण गरेकाछन् । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राजपौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रिसमकालमा एमटी केटुको सफलतापुर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, १३५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।