neapl investment mega bank
  • गृहपृष्ठ
  • बिहीबार थप १ हजार ८७५ जनामा कोरोना सङ्क्रमण, १२८६ जना डिस्चार्ज, २९ को मृत्यु

बिहीबार थप १ हजार ८७५ जनामा कोरोना सङ्क्रमण, १२८६ जना डिस्चार्ज, २९ को मृत्यु

Jul 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २४ असार

बिहीबार थप १ हजार ८७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार ५०४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ५१ हजार ३८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ५०४ जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख ९६ हजार ७५३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १२८६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२८६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख १५ हजार ६१३ पुगेको छ ।

थप २९ को मृत्यु

पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ३२० पुगेको छ।