neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक फाइनलमा

Jul 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २४ असार

इंग्ल्यान्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केनले एक गोल गरे ।इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।डेनमार्कका मिकेल धमस्गार्डले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने डेनमार्कले लिएको थियो। खेलको ३० औँ मिनेटमा मिकेल धमस्गार्डले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका साइमन कजायरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरेका थिए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुबै टोलिबाट कुनै गोल हुन सकेन र खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १०४औं मिनेटमा इंग्ल्याण्डका ह्यारी केनले गोल गर्दे टोलीलाई २-१ को जित दिलाए । खेलको १०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए तर रिबाउन्डमा केन गोल गर्न सफल भए ।

जितसँगै इंग्ल्यान्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब इंग्ल्यान्डले फाईनलमा इटालिसंग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi