काठमाडौ असार २३
नेपाली बजारमा सामसङका एआई इनेबल्डका लन्ड्री केयर वासिङ्ग मेसिन सार्वजनिक भएको छ । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक नेपाली बजारमा एआई प्रविधियुक्त वासिङ्ग मेसिन सार्वजनिक गरेको हो । एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमा इकोबब्बल टिएम प्रविधिको संयोजन गरिएको छ, जसले गर्दा कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने दावी कम्पनीले गरेको छ ।
गुणस्तरीय धुलाईको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९ दशमलब ९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्छ । यी नयाँ मोडेलका वासिङ्ग मेसिनले प्रयोगकर्ताहरुको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ्ग साइकलको विकल्प प्रदान गर्दछ । जब सामसङ स्मार्टथिङ्गस् एपको माध्यमबाट कनेक्टेड भइन्छ, त्यस पछि यसले २.८ मिलियन डाटा वाइन्टहरु मार्फत स्मार्ट लन्ड्री रिसिप सोलुसनको माध्यमबाट उत्कृष्ट विकल्प प्रदान गर्दछ ।सामसङले कस्टोमाइज गरिएको आर्टिफिसियल ईन्टेलिजेन्सयुक्त लुगा धुने मेसिनहरु ३ विभिन्न भेरियन्टहरुमा उपलब्ध गरेका छन् । यसमा ग्राहकले आफू अनुकुल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्ने कम्पनीको भनाई छ । नयाँ सामसङ वासिङ्ग मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोल युक्त युजर फ्रेन्ड्ली स्लीक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ । यसमा लन्ड्री प्लानरजस्तो सुविधा राखिएको छ, जसले लुगाको रंग, प्रकार तथा ग्राहकले निर्धारण गरेको डिग्री अफ सोइलिङ्गको आधारमा लन्ड्री रेसिपि अनुसार उत्कृष्ट लुगा धुने समय स्वतः निर्धारण गर्दछ । यसमा भएको होम केयर विजार्डले सम्भाव्य समस्या तथा शीघ्र रुपमा ट्रबल सुटिङ्ग गर्न मद्दत गर्ने दावी पनि कम्पनीले गरेको छ ।
नयाँ एआई इनेबल्ड लन्ड्री वासिङ्ग मेसिनहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार अन्तर्गत रहेका रिटेल पार्टनरहरु मार्फत सहजै खरिद गर्न उपलब्ध रहेका छन । यी वासिङ्ग मेसिनहरु १ लाख ९ हजार ९ सय ९० रुपैयाँदेखि उपलब्ध रहेका छन् । यस नयाँ एआई इनेबल्ड वासिङ्ग मेसिनहरु ८/६केजी र १२ /८केजी को वासर ड्रायरको साथै १२केजी वासर टाइप वासिङ्ग मेसिनको भेरियन्टहरुमा उपलब्ध छन् । हिम इलेक्ट्रोनिक्स अन्तर्गत रहेका सामसङ स्मार्ट प्लाजा मार्पmत् १५ प्रतिशतसम्मको क्यास ब्याक तथा सहज किस्तावन्दीमा खरिद गर्न पनि सकिने जानकारी पनि कम्पनीले दिएको छ ।
