neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

Jul 7th, 2021

काठमाडौ, असार २३

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुधबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा केन्द्रिय कार्यालय कमलाद्धीमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

भर्चुुअलरुपमा सम्पन्न भएको बार्षिक साधारण सभाले गत आर्थिक बर्षको बित्तीय बिवरण नेपाल बित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम पेस गरेको उक्त प्रतिवेदन पारित गरेको छ । सभाले कम्पनीको बार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसिएट.सलाई सर्वसम्वतरुपमा चयन गरेको छ । यसका साथै सभाले सर्वसाधारण सेयरधनी समुहका तर्फबाट प्रपुजा पोखरेल र प्रकाशमान श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीले हाल प्रधान कार्यालय सहित २० वटा शाखा मार्फत कारोवार सञ्चालन गर्दे आएको छ ।