neapl investment mega bank
  • गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिका वडा.नं.२ मा भेरो सेल खोप लगाउने युवा र कम उमेरका बढी

सूर्यविनायक नगरपालिका वडा.नं.२ मा भेरो सेल खोप लगाउने युवा र कम उमेरका बढी

Jul 7th, 2021

आधारभूमि संवाददाता

भक्तपुर , असार २३

सरकारले देशै भरी जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै लगाउदै आएको चाइनिज भेरो सेल खोप भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ ले भने ६६ प्रतिशत यूवा १८ देखि ४५ उमेरका नागरिकलाई लगाएको बुझिएको छ । खोप केन्द्रमा पहिलो असार २२ गते ३१० र दोश्रो असार २३ गते ३०० खोप ल्याए पनि जन प्रतिनिधिको मनोमानी र आफ्ना मान्छे बोलाई कम उमेरकालाई खोप लगाएकोले जेष्ट नागरिक ४ घण्टा लाइनमा बस्न बाध्य भएका थिए ।

दोश्रो खोप आउने आशामा ४ घण्टा लाईनमा बस्नु परेको र कोही जेष्ठ नागरिक खोप नपाउने भएपछि अन्यत्र खोप लगाउन गएका एक जेष्ठ नागरिकले बताए । यस विषयमा सु.न.पा. वडा नंं. २ का नगर सदस्य सुवास कार्कीले खोप पारदर्सी ढंगले लगाएको माग अनुसार पुरानो पहिलो डोज लगाएका खोप कार्ड भएका सवैलाई दिएको बताए । अर्का नगर सदस्य कान्छी माया श्रेष्ठका अनुसार फ्रण्टलाईनमा काम गर्ने आर्मी पुलिस, स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाइदिनु परेकोले युवाहरुलाई मात्र खोप लगाएको जस्तो भएको हो । यो सरकारले जेष्ठनागरिकहरु सम्मान होइन , अपमान गरेको छ । सम्मान गरेको भए समयमा नै सहज तरिकाले खोप लगाउने व्यवस्था गर्नु पर्नेमा उल्टै जेष्ठ नागरिकहरुको अपमान गरेको बताइन् ।