आधारभूमि संवाददाता
काठमाडौँ, २३ असार
बुधवार थप २ हजार ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ८९८ जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख ९१ हजार ३७९ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप १३३३ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १३३३ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ ।
थप २८ को मृत्यु
पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २९१ पुगेको छ।