neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल एसबिआई बैंकको २८ औं बार्षिक्उत्सव सम्पन्न

नेपाल एसबिआई बैंकको २८ औं बार्षिक्उत्सव सम्पन्न

Jul 7th, 2021

काठमाडौ, असार २३

नेपाल एसबिआई बैंकले आफ््नो २८ औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ ।

वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे द्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुुन । उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगानाका साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपिराज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।