आधारभूमि संवाददाता
काठमाडौँ, २३ असार
अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलको निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा अर्जेन्टिना ३-२ ले विजयी भयो ।
पेनाल्टीमा जानु अघि खेलको सातौं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।तर ,खेलको ६१ औं मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गर्दै खेल बराबरीमा फर्काए ।
जितसँगै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाले फाईनलमा ब्राजिलसंग खेल्नेछ ।