आधारभूमि संवाददाता
काठमाडौँ, २३ असार
इटालि युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको खेलमा इटालिले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा इटालि ४–२ ले विजयी भयो ।
इटालिका लागि पेनाल्टी सुटआउटमा एन्ड्रिया बेलोट्टी,लियोनार्डो बोनुची,फेडरिको चियासा र जोर्गिन्होले गोल गरेका थिए भने लोकेटलिको प्रहार स्पेनका गोलकिपरले बचाएका थिए ।
स्पेनका मोरोनो र अल्कानटाराले मात्र गोल गर्न सफल भए। स्पेनका डानिल ओल्मो र अल्भारो मोराटाको प्रहार इटालिका गोलकिपरले बचाएका थिए ।
त्यसअघि पेनाल्टीमा जानु अघि खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।तर ,खेलको ८० औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै खेल बराबरीमा फर्काए ।
जितसँगै इटालि युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब इटालिले फाईनलमा डेनमार्क र इंग्ल्यान्डबीचको विजेतासंग खेल्नेछ ।