neapl investment mega bank
  • गृहपृष्ठ
  • मंगलबार थप २ हजार ६३४ जनामा कोरोना सङ्क्रमण, १५६५ जना डिस्चार्ज, १५ को मृत्यु

मंगलबार थप २ हजार ६३४ जनामा कोरोना सङ्क्रमण, १५६५ जना डिस्चार्ज, १५ को मृत्यु

Jul 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २२ असार

मंगलबार थप २ हजार ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ५८५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ४८ हजार ८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५८५ जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख ८३ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १५६५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १५६५ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख १२ हजार ९९४ पुगेको छ ।

थप १५ को मृत्यु

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार २६३ पुगेको छ।