neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

Jul 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २२ असार

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार बिहान भएको खेलमा ब्राजिलले पेरूलाई १-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

ब्राजिललाई जित दिलाउन लुकास पाक्वेटाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पाक्वेटाले खेलको ३५ औं मिनेटमा नेयमारको पासमा सो गोल गरेका हुन् ।पाक्वेटाले यस अघि सेमिफाइनलमा प्रवेश गर्ने क्रममा पनि विजयी गोल गरेका थिए।

जितसँगै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब ब्राजिलले फाईनलमा अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi