neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कांग्रेसद्वारा चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

कांग्रेसद्वारा चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

Jul 5th, 2021

काठमाडौँ, २१ असार /रासस

नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको जनाएको छ ।

साथै ९ दिनसम्म उहाँ नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उहाँले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु तथा अन्तिममा जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्नुभएको छ । मुलुकका विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको उल्लेख गर्दै उहाँले यो प्रवृत्तिलाई निरुत्साहित गर्न तथा सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको जनाउनुभएको छ ।

घटनाको गहिरो अनुसन्धान र कारवाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न बनाउन अत्यावश्यक भएको उल्लेख गर्दे उहाँले चितवनको घटनाको गहिराइसम्म पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi