काठमाडौ, असार २१
गैरकानुनीरुपमा डेट एक्सपायर डेबिट कार्ड प्रयोग गरी एटिएमबाट लाखौं रुपैैयाँ निकाल्ने दुुई व्यक्ति पक्राउ परेकाछन । पक्राउ पर्नेहरुमा सोलुखुम्वु घर भई भत्केको पुलमा कोठामा वस्ने वर्ष ५७ को जगत वहादुर गुरुङ र पर्सा घर भई भई भत्केको पुल वस्ने वर्ष ३० को सावित्री गुरुङ रहेको महानगरीय प्रहरी परिसर काठमाडाँैले जानकारी दिएको छ ।
पक्राउ परेका ति व्यक्तिहरुले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटिम मेसिनबाट म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सुचना प्राप्त भएको र उक्त सुचना पश्चात महानगरीय प्रहरी परिसर काठमाडौवाट विशेष टोली परिचालन गरी खोज तलास गर्दा ति व्यक्तिहरुलाई पक्राउ गरिएको परिसरले जानकारी दिएको छ ।
ति व्यक्तिहरुको साथबाट २१ लाख रुपैयाँ बरामद भएको जानकारी पनि प्रहरीले दिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ति व्यक्तिहरुले लोयड्स भिस डेविट कार्ड लण्डन (अवधि सकिएको) भएको कार्डबाट चावहिल, कालोपुुल, हात्तिसार भाटभटेनीम रहेको एटिएमबाट ३४ लाख ३५ हजार निकालेको देखिएको छ । यसरी निकालेको रकम मध्ये १० लाख ५० हजार रुपैयाँ भने सहकारी संस्थामा राखिएको प्रहरीले जनाएको छ ।