neapl investment mega bank

नेप्से सुचक तथा कारोवार रकम दुबै घट्यो

Jul 5th, 2021

काठमाडौ, असार २१

नेप्से सुचक तथा कारोवार रकम दुबै घटेको छ । आज सोमबार नेप्से ११ दसमलव ७८ अंकले घटेर २८ सय २२ दसमलव ७३ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य चार अंकले घटेर पाँच सय २८ दसमलव ४१ अंकमा पुुगेको छ । कुल दुुई सय २४ वटा कम्पनीहरुको ५२ हजार आठ सय ४६ पटकको कारोवारमा एक करोड ६३ हजार छ सय ३६ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब ५८ करोड २२ लाख १२ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आठ वटाले गुमाएकाछन भने छ वटाले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव दुुई अंकले घटेर १९ सय नौ दसमलव ४३ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । टे«डिङ समुहको सुचक भने एक सय ३२ दसमलव दुई अंकले बढेर तीन हजार सात सय ९६ दसमलव ८६ अंकमा पुग्दा उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।