neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकमा स्वतन्त्र सञ्चालकको नियुक्ति

महालक्ष्मी विकास बैंकमा स्वतन्त्र सञ्चालकको नियुक्ति

Jul 4th, 2021

काठमाडौ, असार २०

महालक्ष्मी विकास बैंककोे सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त हुुनुभएको छ । बैकका अनुसार असार १८ गते शुक्रबार बसेको सञ्चालक समितिको चार सय ९० औं बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएको थियो भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुल्नु भएको छ । व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययनपूरा गर्नु भएकी बैंक तथा बित्तीय संस्था संघमा लामो समयसम्म आवद्घ रहनु भएको थियो । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताकोरुपमा पनि काम गर्नु भएको थियो ।