neapl investment mega bank

पहिलो दिन नै आठ अंकले घट्यो नेप्से

Jul 4th, 2021

काठमाडौ, असार २०

साताको पहिलो कारोवार दिन नै नेप्से सुचक तथा कारोवार रकम दुबै घटेकाछन । आज आईतबार नेप्से आठ दसमलव ४८ अंकले घटेर दुई हजार आठ सय ३४ दसमलव ५१ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३३ अंकले घटेर पाँच सय २८ दसमलव ४५ अंकमा झरेको छ । आज दुुई सय २४ वटा कम्पनीहरुको ६० हजार एक सय ७५ पटकको कारोवारमा एक करोड आठ लाख ४२ हजार दुुई सय २१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार दुई सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा होटल तथा पर्यटन, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक बढेकाछन । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक छ दसमलव नौ अंकले घटेर १९ सय १६ दसमलव १५ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि तीन दसमलव ३५ अंकले घटेर २८ सय ३७ दसमलव १९ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्सको डिवेञ्चर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा माछापुच्छे« बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्स्योरेन्स कम्पनी परेको छ ।