neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम सम्पन्न

वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम सम्पन्न

Jul 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २०
राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला केन्द्रीय कमिटीले वृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मुल नाराका साथ गोदावरी-२ ललितपुर कोटडाँडा भिमेश्वर मन्दिर परिसरमा बृहत् राष्ट्रिय वृक्षरोपण २०७८ को शुभारम्भ भव्य रुपमा मनाईएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा युवा संघका ईन्चार्ज, पूर्व मन्त्री महेश बस्नेत ,केन्द्रीय अध्यक्ष किरण पौडेल लगायतको उपस्थिति रहेको थियो।

साथै पात्लेछाप सामुदायिक वन उपभोक्ता समिति तथा नेता कार्यकर्ताहरूले कार्यक्रम सफल बनाउन खेलेको भूमिका प्रति हार्दिक धन्यवाद् ब्यक्त गरेका छन् ।अब ललितपुर जिल्लाका विभिन्न स्थानमा ५ हजार बिरुवा रोप्ने योजना रहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi