neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युक्रेनलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

युक्रेनलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

Jul 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २०

इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन कप्तान  ह्यारी केनले दुई गोल, ह्यारी मग्वाएर र जोर्डन हेंडरसनले एक-एक गोल गरे ।

खेलको चौथो मिनेटमा ह्यारी केनले रहिम स्ट्रर्लिङको पासमा गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४६ औं मिनेटमा ह्यारी मग्वाएरले गोल गर्दे टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६३ औँ मिनेटमा जोर्डन हेंडरसनले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।इंग्ल्यान्डले अब सेमिफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi