neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

Jul 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १९

इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार राति भएको खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

इटालीलाई जित दिलाउन निकोला बरेला र लोरेन्जो इन्सिनेले एक-एक गोल गरे ।बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

खेलको ३१ औँ मिनेटमा इटालीका निकोला बरेलाले मार्को भेराट्टीको पासमा गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४४ औं मिनेटमा इटालीका लोरेन्जो इन्सिनेले गोल गर्दे टोलीलाई २-० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा बेल्जियमका रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए। तर, दोस्रो हाफमा कुनै गोल हुन सकेन र खेल इटालीले आफ्नो पोल्टामा पारेको हो ।

जितसँगै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीले अब सेमिफाइनलमा स्पेनसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi