neapl investment mega bank
  • गृहपृष्ठ
  • क्यानडा पठाईदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

क्यानडा पठाईदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

Jul 2nd, 2021

काठमाडौ, असार १८

क्यानडा पठाईदिन्छुु भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनले काभ्रेको पाँचखाल घर भई हाल काठमाडौको नयाँ बानेश्वर बस्ने २१ बर्षीय प्रजिन अधिकारीलाई ठगीको अभियोगमा पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार अधिकारीले सर्लाही लालवन्दी घर भएकी ३० बर्षीया यमुुना बस्नेतबाट वर्किङ भिषामा क्यानडा पठाईदिन्छुु भनी १७ लाख रुपैयाँ रकम लिएर फरार भएका थिए । यसरी फरार भएका अधिकारी बिरुद्ध महाशाखामा ठगी सम्वन्धी उजुरी परेको र सोही उजुरीको आधारमा अधिकारीलाई काभ्रेको बनेपास्थित दाहालगाउँबाट पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ । अधिकारी उपर थप अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको महाशाखाले जनाएको छ ।