आधारभूमि संवाददाता
काठमाडौं, असार १८
महामारी अघि दैनिक १८ सय युवा युवती कामको खोजिमा खाडीमा जाने गरेका थिए । युवा युवती कामको खोजिमा बिदेश जाँदा मुलकमा रेमिट्यान्स त बढेको छ । जसका कारण नै मुलुक अहिलेसम्म सोधानान्तर बचतमा रहेको देखिन्छ ।
रेमिट्यान्स बाहेक बिदेशी मुद्रा आर्जन गर्ने अहिले अन्य कुनै बलियो आधार छैन । तर, यसरी युवा कामको खोजिमा बिदेश जाँदै गर्दा अमेरिका सम्म धान निर्यात गर्ने मुलुक अहिले परनिर्भर भएर भारतबाट चामल आयात गरिरहेको छ।
कुल जनसंख्याको ६० प्रतिशत कृषिमा आवद्ध हुँदा पनि चामलमा परनिर्भिता भने बढेको बढ्यै छ । यो वर्ष जेठसम्म ५१ करोड ६१ लाख ६२ हजार किलो चामल आयात भइसकेको भन्सार विभागको भनाई छ । खासगरी बासनादार र मसिनो चामलको माग बढी तर उत्पादन न्युन भएकाले पनि आयात अकासिएको हो ।
कृषि मन्त्रालयका अनुसार नेपालमा १४ लाख ६९ हजार हेक्टर क्षेत्रमा रोपाईं हुन्छ । तर उपभोक्ताको रोजाईमा पर्ने मसिनो र बास भने १७ प्रतिशतभन्दा बढी रोपाईं हुँदैन । अर्कातिर रोपाईं हुने ४५ प्रतिशत जमिनमा सिंचाइ सुविधा छैन । उत्पादन बढाउन ल्याइएका अनुदानका कार्यक्रममा वास्तविक किसानको पहुच नभएकाले पनि मुलुकमा कृषि क्षेत्र माथि उकासिन नसकेको हो ।
विभागका अनुसार यो आर्थिक वर्ष ११ महिनामा हामीले २६ अर्ब ४ करोड रुपैंयााभन्दा बढीको चामल आयात भएको छ । गत आर्थिक वर्षको जेठसम्मको तुलनामा यसपालि सोही अवधिमा चामलको आयात ३८ प्रतिशतले बढेको छ ।
उत्पादन बढाउन ठोस कार्यक्रम नआएकाले मुलुक धान र चामलमा परनिर्भर बनदै गएको छ । यो आर्थिक वर्ष धेरै आयात भएका प्रमुख १० बस्तुहरुमा चामल पनि छ ।
धानको उत्पादन अहिले पनि तीन वर्ष अघिजस्तै ५६ लाख मेट्रिक टन बराबरका छ । जबकी माग भने ६२ लाख टन छ । २०५० सम्म नेपालले धान निर्यात गर्ने मुलुक अहिले युवा खाडीमा पठाएर त्यहाँबाट भएको आम्दानीले चामल किनेर खान लागेको छ ।
धानको उत्पादन पाच वर्षभित्र दोब्बर बनाउने भनेको दुई वर्ष नाघ्यो परम्परागत खेती प्रणाली, खेतीयोग्य जमिनको तिब्र खण्डीकरण, सिंचाइको असुविधा र बाली लगाउने बेला रासायनिक मल अभावल योेजना सफल बनाउन सकिएको छैन ।
कृषिमा आधुनिकीकरणका लागि बजेट वर्षेनि बजेट छुट्टाएपनि त्यसको प्रभाव उत्पादनमा देखिएको छैन । उन्नत जातको बीउ र मल अभाव किसानले वषौंदेखि झेल्दै आएका समस्या हुन् ।