neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ७६० जनामा कोरोना सङ्क्रमण, ४०१७ जना डिस्चार्ज, ३३ को मृत्यु

थप २ हजार ७६० जनामा कोरोना सङ्क्रमण, ४०१७ जना डिस्चार्ज, ३३ को मृत्यु

Jul 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १७ असार

बिहीबार थप २ हजार ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार ९८५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ४० हजार ६६२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ९८५ जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख ५१ हजार २६३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४०१७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४०१७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख १४९ पुगेको छ ।

थप ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १४५ पुगेको छ।