neapl investment mega bank
  • गृहपृष्ठ
  • १९ अंकको बृद्धि संगै नेप्सेमा छायो हरियाली

१९ अंकको बृद्धि संगै नेप्सेमा छायो हरियाली

Jul 1st, 2021

काठमाडौ, असार १७

नेप्से आज उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज १९ दसमलव १२ अंकले बढेर २८ सय ४३ अंकमा पुग्दा सेन्सिटिभ पनि दसमलव ३३ अंकले बढेर पाँच सय २८ दसमलव ७१ अंकमा पुुगेको छ । दुुई सय २४ वटा कम्पनीहरुको ७० हजार एक सय ९८ पटकको कारोवारमा तीन करोड २८ लाख ३८ हजार नौ सय ९३ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब ७० करोड ७७ लाख ७५ हजार चार सय ८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा निर्जिवन बीमा समुहको सुचक घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव १३ अंकले बढेर १९ सय २३ दसमलव पाँच अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि २१ दसमलव ८३ अंकले बढेर दुई हजार आठ सय ४० दसमलव ४१ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ओरन्टल होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कुमारी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेको इन्स्योरेन्स कम्पनी परेको छ ।