neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अविरल वर्षाको कारण कमला नदिको बीच टापुमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

अविरल वर्षाको कारण कमला नदिको बीच टापुमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

Jul 1st, 2021

धनुषा, असार १७

अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्वार गरेको छ ।
रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदिको बीच भागमा रहेको टापुमा फसेका थिए ।

उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारी छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi