neapl investment mega bank
  • गृहपृष्ठ
  • मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोटहरु हस्तान्तरण

मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोटहरु हस्तान्तरण

Jul 1st, 2021

काठमाडौ, असार १७

अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको उद्धार सामाग्रीरु हस्तान्तरण गरेको छ । सैनिक जनसम्र्पक निर्देशनालयका अनुसार यही असार १५ गते छाउनी स्थित श्री जंगी असवाव खानामा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार थान उपलव्ध गराएको छ ।

अमेरिकी राजदुतावासका ओडिसी (अफिस अफ डिफेन्स कर्पोरेसन) का चिफ माज माईकल पी ह्वाईटद्वारा नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त रेस्क्यु बोटहरु हस्तान्तरण गरेका हुुन । उक्त बोटहहरु बाढी÷डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।