neapl investment mega bank
  • गृहपृष्ठ
  • बैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने व्यक्ति टिकाथलीबाट पक्राउ

बैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने व्यक्ति टिकाथलीबाट पक्राउ

Jun 30th, 2021

काठमाडौ, असार १६

इटाली पठाईदिन्छुु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशखा मिनभवनका अनुसार ठगी कार्यमा संलग्न उदयपुरको त्रियुगा घर घई काठमाडौको बुढानिलकण्ठ बस्दै आएका ३६ बर्षिय उमेश रेग्मी ठगीको अभियोगमा पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार रेग्मीले रामेछापका उमाकुण्ड घर भएका सौगात श्रेष्ठ सहितका तीन जनालाई वर्किङ भिषामा इटाली पठाईदिन्छु भन्दै १० लाख ५० हजार रुपैयाँका दरले ३१ लाख ५० हजार रुपैयाँ लिएर अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई छाडेका थिए । यसरी ठगी गर्ने रेग्मीलाई ललिपतुरको टिकाथलीबाट मंगलबार पक्राउ गरेको महाशाखाले जनाएको छ । पक्राउ परेका रेग्मी उपर ठगीको अभियोगमा थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर पठाएको जानकारी पनि महाशाखाले दिएको छ ।