काठमाडौ, असार १६
ग्रेट वाल मोर्टस (जि. डब्लु एम) प्रिमियम एसयुभी र पिकअप गाडी नेपाल बजारमा आएको छ । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोर्टस (जि. डब्लु एम) आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको हो । यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ ।
नेपालमा आफ्नो उपस्थिति ग्रेट वाल मोर्टसले तीन गाडीहरुबाट सुरु गरिरहेको छ, जसमा एसयुभी वर्गमा थ्रड जेन हाभल एच ६ र हाभल जोलियन छ भने पिकअप बर्गमा पोईर रहेको छ । दुवै मोडलहरुको लुुक, इन्टेरियर स्पेस, ओभरल पर्फमेन्ट, सुरक्षालाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ । नेपालको लागि ग्रेट वाल मोर्टसको भि. जी इम्पेक्स प्राली सँग कार ब्रान्ड सम्बन्धि बिषेश अनुभव रहेको छ । दुई पक्षबिचको सहयोगले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पु¥याउने कुरामा यस कम्पनी विश्वस्त छ । ग्रेट वाल मोर्टसले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पु¥याउनेछ र बजारको मागलाई गाइड गर्नेछ ।
तीन वटा नयाँँ मोडलहरुमा हाभल जोलियन, थ्रड जेन हाभल एच ६ र पोईरका साथबजार प्रवेश गरेको कम्पनीले ग्रेट वाल मोर्टसका प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई ध्यानमा राखेर चाँडै नै भर्चुअल कार सोकेस होस्ट गर्ने भएको छ । राम्रो बनावट र प्रिमियम विशेषताले भरिपुर्ण थ्रड जेन हाभल एच ६ मा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ, त्यसैगरी, हाभल जोलियनमा मा १.५ लि पेट्रोल टर्बो इन्जिन र पोईरमा २.० लि डिजल टर्बो इन्जिन रहेको छ ।
ग्रेट वाल मोर्टसको सोरुम थापाथली, काठमाडौंमा अवस्थित छ र ग्राहकहरुलाई देशभर एक प्रीमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको छ । अहिलेको परिस्थिति सहज भएपछि ग्रेट वाल मोर्टसले आफ्नो ब्रान्ड र उत्पादनलाई नयाँ ढंगले बजार बिस्तार गर्नेछ र चाँडै नै अत्याधुनिक सेवा केन्द्र सुचारु पनि रहेको छ ।
निकट भविष्यमा ग्रेट वाल मोर्टसलेले नयाँ जेनेरेसनको इलेक्ट्रिक कार, ओ आरए आर १ नेपाली बजारमा ल्याउने योजना बनाएको छ जुन आकर्षक बनावटका साथै सुरक्षित र विशेष सुविधाहरु सहित आउने छ । साथै कम्पनिले जि डब्लुु एमको लोकप्रिय गाडी विङगल पीक अफ पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ ।
ग्रेट वाल मोर्टसको बारेमा
ग्रेट वाल मोटर एसयुभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो । धेरै वर्षसम्म एसयुभी र पिकअपहरुले लगातार चिनियाँबजारको बिक्रीमा नेतृत्व गरिरहेको छ । चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो । आफ्नो वर्गमा सही उपस्थिति बनाउन जि डब्लुु एम फोकस डेडिकेशन र स्पेशलाईजेसनको अवधारण अनुशरण गरेको छ । यसले अग्रणी बिक्रेता बन्नको लागि ब्रान्डको व्यावसायिक छवि बनाउँछ र आफ्नो वर्गमा सर्वोत्तम ब्रान्डका रुपमा स्थापित गर्न प्रयास गर्दछ ।
जि डब्लुु एमले १९९८ देखि एसयुभी र पिकअप ट्रक निर्यात गर्न सुरु गरेको थियो । चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ । यस कम्पनीले विश्वव्यापी रुपमा एक नयाँ मानक स्थापित गर्न सफल रह्यो र नेपाली ग्राहकहरुको बीचमा एक आइकनिक ब्रान्ड बन्दै नेपालमा पनि यही परम्परालाई अगाडि बढाउने छ ।