neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधवार थप २ हजार ८९२ जनामा कोरोना सङ्क्रमण, ३५९७ जना डिस्चार्ज, ४१ को मृत्यु

बुधवार थप २ हजार ८९२ जनामा कोरोना सङ्क्रमण, ३५९७ जना डिस्चार्ज, ४१ को मृत्यु

Jun 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १६ असार

बुधवार थप २ हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ५६८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ३८ हजार ८०५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५६८ जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख ४४ हजार १३३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३५९७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३५९७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ९६ हजार १३२ पुगेको छ ।

थप ४१ को मृत्यु

पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ११२ पुगेको छ।