neapl investment mega bank

चार अंकले घट्यो नेप्से

Jun 30th, 2021

काठमाडौ, असार १६

नेप्से आज पनि घटेको छ । आज बुुधबार नेप्से चार दसमलव १३ अंकले घटेर २८ सय २३ दसमलव ८७ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ३२ अंकले घटेर पाँच सय २२ दसमलव ३७ अंकमा झरेको छ । दुुई सय २० वटा कम्पनीहरुको ६८ हजार एक सय ९२ पटकको कारोवारमा एक करोड ६२ लाख ४८ हजार एक सय कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले गुमाएकाछन भने छ वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव आठ अंकले घटेर १९ सय १९ दसमलव ९१ अंकमा झरेकोमा होटल तथा पर्यटन समुहको सुचक पनि ४९ दसमलव ६८ अंकले घटेर तीन हजार पाँच सय १८ दसमलव ६३ अंकमा झरेको छ । यसैगरी जीवन बीमा, लघुुबित्त, टे«डिङ, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने एक सय ३६ दसमलव ९६ अंकले बढेर चार हजार दुुई सय पाँच दसमलव १२ अंकमा चढेकोमा जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पोखरा फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने खानीखोला हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्स्योरेन्स कम्पनी परेको छ ।