neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भएको आगलागी नियन्त्रण

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भएको आगलागी नियन्त्रण

Jun 30th, 2021

काठमाडौं, असार १६

काठमाडौं महानगरपालिका ४ पनीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा असार १५ गते भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको छ ।

बिद्युतीय तार सर्ट भई आगालगी भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वारा काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेको होे ।
सो आगलागीमा परी उक्त अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ्ग र विमला सुनार घाईते भएको बताईएको छ । घाईते व्यक्तिहरुको उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पठाईएको छ । उक्त आगलागीबाट करीव २२ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi